अर्थमन्त्री महतले गभर्नरसँग लिए ब्रिफिङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०४ दिन अगाडि
अर्थमन्त्री महतले गभर्नरसँग लिए ब्रिफिङ

काठमाडौं - नेपाल राष्ट्र बैंकसँग औपचारिक ब्रिफिङ अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएका छन् ।

उनले मंगलबार गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकको टोली र अर्थ मन्त्रालयका अधिकारीसहितको टोलीसँग औपचारिक छलफल गरेका छन् ।

स्रोतका अनुसार मंगलबारको छलफलमा बजारमा सकारात्मक सन्देश कसरी प्रवाह गर्न सकिन्छ भन्नेबारे अर्थमन्त्री महतले सुझाव मागेका थिए । राष्ट्र बैंकले पूँजीगत खर्च बढाउन, निमार्ण व्यवसायीको भुक्तानीलाई तीब्रता दिन सुझाव दिएको छ ।

अहिले आन्तरिक ऋण परिचालन भइरहेको र सरकारले ओभरड्राफ्ट सुविधा पनि प्रयोग गर्नसक्ने अवस्था रहेको जानकारी राष्ट्र बैंकले अर्थमन्त्रीलाई गराएको छ । सोहीकारण निमार्ण व्यवसायीको भुक्तानी बढाएर पूँजीगत खर्च बढाउन सकिने राष्ट्र बैंकको सुझाव छ । यसले बजारमा सकारात्मक सन्देश जाने सुझाव अर्थमन्त्री महत समक्ष राष्ट्र बैंकले दिएको छ ।