सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षकाे आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०४ दिन अगाडि
सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षकाे आग्रह

काठमाडौँ - सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आग्रह गरेका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरुलाई सचेत गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहेका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका थिए । उनले भने, ‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस् ।’

सदन चलिरहेका बेला सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।