संघीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीच राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सांसद दाहालकाे जोड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२७ दिन अगाडि
संघीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीच राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सांसद दाहालकाे जोड

काठमाडौँ - संघीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीचमा राष्ट्रिय सहमति कायमै गरेर अघि बढ्नुपर्नेमा राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले जोड दिएका छन् ।                                                

मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढ्नुपर्ने उनको भनाई थियो । 

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासाथ गरेर अघि बढिरहेको दाबी समेत गरे । सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पु¥याउन ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।