नेकपा एमालेका मन्त्रीले बुझाए राजीनामा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२७ दिन अगाडि
नेकपा एमालेका मन्त्रीले बुझाए राजीनामा

काठमाडौँ - नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

मंगलबार एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन्।

संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो।

गएराति मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। संघमा बनेको गठबन्धनअनुसार प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी छ।