बुधबार माओवादी पदाधिकारी बैठक बस्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२७ दिन अगाडि
बुधबार माओवादी पदाधिकारी बैठक बस्ने

काठमाडौँ - भोलि दिउँसो ४ बजे नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले बताए । पार्टी बैठकले सरकारलाई आवश्यक सल्लाह सुझाव समेत दिने शाहले बताए ।

बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ ।