नेप्सेमा आज सामान्य गिरावट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११० दिन अगाडि
नेप्सेमा आज सामान्य गिरावट

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य गिरावट आएको छ ।

कारोबार समयदेखि घट्न थालेपनि १२ बजेदेखि बढ्न सुरु गरेको थियो । तर, अन्तिम समयमा पुनः बजार ओरालो लाग्दै ५.२० अंकको गिरावटमा बन्द भएको हो ।

०.२८ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक १८६६ अंकमा आइपुगेको छ । यसक्रममा आज ९१ करोड ७६ लाख १० हजार रुपैयाँ बराबरको २९ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेपनि आज ८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने सानिमा ग्रोथ फण्डको सेयर मूल्य ८.९३ प्रतिशतले बढेको छ । यसबाहेक प्रभु बैंक डिबेञ्चर २०८७ को मूल्य ९.२९ प्रतिशतले खुम्चिएको छ ।

बजार सामान्य अंकले घटेपनि आज ६ समूहमा भने सुधार आएको छ । आज विकास बैंक, वित्त, होटल र टुरिजम, जलविद्युत, लघुवित्त, म्यूचुअल फण्ड र व्यापार समूहको सूचक बढेको छ । यसबाहेक अन्य सबै समूहको सूचकमा गिरावट आएको हो ।