पोखरामा एक व्यक्तिद्वारा आत्मदाह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०४ दिन अगाडि
पोखरामा एक व्यक्तिद्वारा आत्मदाह

पोखरा - पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन् । 

वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको पाइएको डिएसपी जोसीले बताए । 

मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो । अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।