काठमाडौं- सिक्किमको गान्तोक-नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।
एक दर्जन घाइते भएकाे पनि जनाइएकाे छ ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले बताएका छन् ।
मंगलबार दिउँसो सिक्किममा हिमपहिरो गएको थियो ।