आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०९ दिन अगाडि
आज सुनको मूल्य कति  ?

काठमाडौँ - सुनको भाउले बुधबार (चैत २२ गते) नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य चैत ५ गते अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । 

यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो ।

पछिल्लो समय विश्वमा आर्थिक मन्दी देखिन थालेको विभिन्न रिपोर्टहरु सार्वजनिक हुन थालेका छन् । यही कारण विश्वभरका लगानीकर्ता सुन सञ्यच गर्नतर्फ लागेका छन् । यसले गर्दा सुनको माग ह्वात्तै बढ्न जाँदा मूल्य बढेको विश्लेषकहरुले बताएका छन् ।