काठमाडौँ - मन्त्रिपरिषदले एक-दुई दिनमा पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
आज काठमाडौंमा भएको सहकारीकर्मीको भेलामा बोल्दै उनले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताए। नेपाली कांग्रेस, जसपा र जनमत पार्टीले मन्त्रालयमा मन्त्री पठाउन ढिला गर्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन।
प्रधानमन्त्री दाहालले ६ मन्त्रालय अझै आफैंसँग राखेका छन्। प्रधानमन्त्रीले चैत १७ मा मन्त्रिपरिषद बिस्तार गरे पनि पूर्णता पाएको छैन। ‘सरकारले करिब-करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ,’ उनले भने, ‘अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ।’
आज सिंहदरबारमा उनले नीति तथा कार्यक्रम र बजेटबारे छलफल राख्ने पनि बताएका छन् ।