काठमाडौँ - पर्साको ठोरी गाउँपालिका-४ विजय बस्तीको गाउँमा पसेर स्थानीयका भैंसी र बाख्रा खाने बाघलाई नियन्त्रणमा लिइएको छ।
मंगलबार राति पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको टोलीको उक्त बाघलाई नियन्त्रणमा लिएको हो।
उक्त बाघले १०-१२ दिनदेखि गाउँमा पसेर १२ बाख्रा, खसी र दुईटा भैंसीका पाडा मारेको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।नियन्त्रणमा लिइएको भाले बाघ घाइते अवस्थामा रहेको उनले बताए।
उनले निको भएपछि बाघलाई के गर्ने भन्नेबारे विभाग र मन्त्रालयसँग सल्लाह गरेर निर्णय गर्ने बताएका छन् ।