आफू चौतर्फी घेराबन्दीमा परेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
आफू चौतर्फी घेराबन्दीमा परेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको भनाइ

काठमाडौँ - आफू चौतर्फी घेराबन्दीमा परेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत चौतर्फी घेराबन्दीमा परेको भन्दै उनले केही समय धैर्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । युद्ध नटुंगिएको भन्दै उनले आफू अझै जीवनको कुरुक्षेत्रमा रक्ताम्मे भएर संघर्ष गरिरहेको उल्लेख गरेका छन् । 

उनले आफू विभिन्न पार्टी, नेता, सामाजिक संरचना, यथास्थितिवादी, मिडिया, शक्ति केन्द्र, साइबर सेलको निरन्तर आक्रमणमा रहेको समेत बताएका छन् । आर्थिक, सामाजिक तथा अन्य विभिन्न समस्याले पनि पिरोलिएको उनले बताए ।  

जनताको अपेक्षा ठूलो रहेको उल्लेख गर्दै उनले परिवर्तनका आकांक्षीले आँखा टोलाएर बसेको बताए । उनले विगत १० वर्षदेखि पार्टीमा लागेका कार्यकर्ताको भविष्य सुरक्षित गर्ने जिम्मेबारी आफ्नो काँधमा रहेको बताएका छन् ।