हालको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे दाबी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
हालको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे दाबी

काठमाडौँ - हालको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले कतिपय पदको भागबण्डा र लुट मच्चाउन गठबन्धन बनेको भनेर आरोप लगाउने गरेपनि इमानदारितासाथ काम गर्दै अघि बढे सबै संकटहरु समाधान गरेर अघि बढ्न सकिने बताए ।  

अध्यक्ष नेपालले सत्ता गठबन्धनको पहिलो कर्तव्य संविधानको रक्षा गर्नु रहेको भन्दै संविधानको रक्षा गर्दै सुशासन, शान्ति र सम्मृद्धिका पक्षमा काम गर्न सक्नुपर्ने बताए । 

‘तपाईँहरू ढुक्क भए हुन्छ यो गठबन्धन पाँच वर्ष कायम रहन्छ’, अध्यक्ष नेपालले भने, ‘कसैकसैले पद बाँडबाफाँट त कसैले लुट अभियान चलाउन यी पार्टीहरु मिलेका हुन् भनेका छन् । यो चुनौति हामीमाथि छ ।’

उनले सरकारले जनपक्षीय काम गर्नसके र जनताका पीरमार्का सम्बोधन गर्न सके गठबन्धनमाथिका आशंका हटेर जाने बताए । उनले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेपनि त्यसलाई सुधार गर्न सकिने बताएका छन् ।