मेस्सीलाई साउदी अरेबियाको क्लब अल हिलालले अनुबन्धका लागि प्रस्ताव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
मेस्सीलाई साउदी अरेबियाको क्लब अल हिलालले अनुबन्धका लागि प्रस्ताव

काठमाडौं - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई साउदी अरेबियाको क्लब अल हिलालले अनुबन्धका लागि प्रस्ताव गरेको छ ।  

साउदीको प्रो लिग क्लब हिलालले औपचारिक रुपमा मेस्सी अनुबन्धका लागि प्रस्ताव गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सीलाई प्रति सिजन ४ सय मिलियन युरोको प्रस्ताव हिलालले गरेको बताईएको छ ।

बार्सिलोना छाडेपछि मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए । पीएसजीसँग मेस्सीको सम्झौता यसै समरमा सकिदैछ । गत डिसेम्बरमा अर्जेन्टिनालाई विश्वकप दिलाएका मेस्सीले पीएसजीका २९ गोल गरिसकेका छन् ।