रवि लामिछानेविरुद्ध उजुरी खारेज भएपछि उम्मेदवारी कायमनै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३० दिन अगाडि
रवि लामिछानेविरुद्ध उजुरी खारेज भएपछि उम्मेदवारी कायमनै

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारी कायम भएको छ ।

लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।

उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट उजुरी गरेका युवराज खत्री सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका जानकारी दिएका छन् ।