एकैदिन १९९ जना नक्कली परीक्षार्थी पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२० दिन अगाडि
एकैदिन १९९ जना नक्कली परीक्षार्थी पक्राउ

 काठमाडौं -  मोेरङका ३ वटा परीक्षा केन्द्रबाट एकैदिन ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

ग्रामथान गाउँपालिका–२ झोराहाटबाटस्थित सरस्वती नमूना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

सार्वजनिक मावि केराबारीबाट १२७  जना र जनता मावि सुन्दरहरैंचाबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका प्रहरीले जनाएको छ ।