बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता शुरू

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०१ दिन अगाडि
बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता शुरू

  काठमाडौं -  शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता शुरू भएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा देशभरका २ हजार ५५० महिला पुरुष  खेलाडी मैदानमा उत्रिएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा शान्ति द्वीप बालेर ओलम्पिक कोच चन्द्रबहादुर घले, विमला राना र मोहन घलेलाई दिई प्रतियोगिता शुरू गरेका हुन् ।

ओली एकेडेमीका संरक्षक पनि हुन् , मायादेवी मन्दिर अगाडिबाट शुरू भएको म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्नेछन् ।

प्रतियोगितामा महिला पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने  छ । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउनेछन् ।

दुवै विधामा नगद पुरस्कार राशीसँगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।