मार्कोस रासफोर्डको निर्णायक गोलप्रेरित म्यानचेस्टर युनाइटेडले बुधबार राति इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १–० को नतिजामा पराजित गरेको छ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलको २७ औं मिनेटमा रासफोर्डले गरेको एक मात्र गोल युनाइटेडलाई तीन अंक दिलाउन पर्याप्त बन्यो।
दोस्रो हाफमा घरेलु टिमविरुद्ध गोलका केही अवसर सृजना गरेपनि फिनिसिङमा चुक्दा ब्रेन्टफोर्डले हार टार्न सकेन। जितसँगै २८ खेलबाट ५३ अंक जोडेको युनाइटेड अंक तालिकाको चौथौ स्थानमा यथावत छ।
एक खेल धेरै खेलेको ब्रेन्टफोर्ड ४३ अंकसहित नवौं स्थानमा छ। बुधबार राति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई १–५ गोलको नतिजामा पराजित गरेको छ।
घरेलु टिमविरुद्ध हाबी बनेको न्युक्यासलका लागि कालुम विल्सन र जोलिन्टोनले दुई–दुई गोल गरे। अलेक्सान्डर इसाकले थप एक गोल गर्दा वेस्ट ह्यामका लागि कर्ट जोमाले एक गोल फर्काएका थिए।
जितसँगै २८ खेलबाट ५३ अंक जोडेको न्युक्यासल तालिकाको तेस्रो स्थानमा छ। समान खेलबाट २७ अंक जोडेको वेस्ट ह्याम १५औं स्थानमा छ।