काठमाडौं - वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि आचारसंहिता लागु हुने भएको छ।
बिहीबारदेखि उक्त आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुने उनले बताए। वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २मा उपनिर्वाचन हुँदैछ।