गठबन्धनले सभामुखविरुद्ध महाभियोग लगाउन सक्ने केपी ओलीको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२७ दिन अगाडि
गठबन्धनले सभामुखविरुद्ध महाभियोग लगाउन सक्ने केपी ओलीको भनाइ

काठमाडौँ - वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन र सरकारले जे पनि गर्न सक्ने भन्दै कुनै लाज शरम नभएको बताए ।

उनले बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाज शरम नमानी जेसुकै पनि गर्न सक्ने बताए । उनले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताए । ‘यिनीहरूले के गर्न हुन्छ, के हुँदैन भन्ने कुनै सीमा छैन’, ओलीको भनाइ छ । अध्यक्ष ओलीले गठबन्धनका नाममा जथाभाबी गर्न नदिने भन्दै एमाले राति पानी परेर उम्रेका टुसा नभएको बताए ।