काठमाडौं – प्रकृति संरक्षण अभियान्ता पिके शेर्पाको सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा वृक्षरोपण कार्य सम्पन्न भएको छ ।
उक्त गाउँपालिकाको टोक–टोक भन्ने स्थानमा शेर्पाको सहयोगमा १ सय ५० सल्ला जातका विरुवाहरू रोपिएको हो ।
वृक्षरोपण कार्यक्रममा शेर्पा सहित फरि टोल विकास संस्था, रिमीजुङ टोल विकास संस्था, सगरमाथा महिला समूहलगायतको पनि सहभागित रहेको थियो ।
शेर्पा लामो समयदेखि प्रकृती जोगाऔं भन्ने मूल नारासहित विभिन्न कार्यक्रममा सहभागि हुँदै आएका छन् । हिमाल सफाइ अभियानदेखि लिएर विश्वमा हिउँ रहेमात्र मानव अस्तित्व रहन्छ लगायतका नारा लिएर वातावरण संरक्षणमा आवद्ध छन् । यस्तै उनी एक सफल हिमाल आरोहीसमेत हुन् । केहि वर्ष अघि शेर्पाले आफ्ना छोराका साथमा सगरमाथाको सफल आरोहण गरेर नयाँ रेकर्डसमेत राखेका थिए ।