सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको रास्पाको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको रास्पाको भनाइ

काठमाडौं - सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ । महामन्त्री मुकुल ढकालले पहिले एमालेसहितको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको धेरै विषय अहिले छुटाइएको बताए ।

शुक्रबार विहान राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम  भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकालेको छ ।

विदेशमा बस्ने नेपालीको मताधिकार, सरकारी सेवामा टाइमकार्ड, गुणस्तरीय रोजगारमुखी शिक्षाका लागि संघीय शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐन जस्ता आफूहरुको विषयले न्यूनतम साझा कार्यक्रममा निरन्तरता पाएको तर समग्रमा अमूर्त छन्, लक्ष्यविहीन र आलटाले देखिएको पनि ढकालले बताए ।

उनले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषय अघिल्लो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा राखिए पनि अहिले हटाइएको बताएका छन् ।