नेकपा बहुमतसँगको पार्टी एकता अहिलेको राज्य व्यवस्थाको विरोधमा रहेको मोहन वैद्यको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
 नेकपा बहुमतसँगको पार्टी एकता अहिलेको राज्य व्यवस्थाको विरोधमा रहेको मोहन वैद्यको भनाइ

काठमाडौं - नेकपा बहुमतसँगको पार्टी एकता अहिलेको राज्य व्यवस्थाको विरोधमा रहेको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)ले बताएका छन् ।

उनले यो एकता प्रक्रियामा नेकपा मसाल पनि सामेल हुने विश्वास व्यक्त गरेका छन् ।

आज धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँगको पार्टी एकताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने, ‘यो एकता अहिलेको राज्य व्यवस्थाको विरोध र विकल्पमा भएको छ । हामी दक्षिणपन्थी संशोधनवादविरुद्ध लड्दै क्रान्तिको झण्डालाई उचो बनाउने छौं ।’

उनले अन्य कम्युनिष्ट पार्टीलाई पनि एकताबद्ध गर्दै जाने प्रयास भइरहेको जानकारी दिए । यसैक्रममा नेकपा मसालसँग पनि वार्ता गरेको वैद्यले बताए ।

कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले नेकपा मसालसँग पनि एकताको लागि छलफल गरेको तर केही विषयमा विमती कायमै रहेकाले अहिले एकता हुन नसकेको बताए । उनले अन्य सबै कम्युनिस्ट पार्टीहरुलाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् ।