काठमाडौं - नेदरल्यान्ड्समा फुटबल खेल दौरान खेलाडी वा रेफ्रीहरूलाई दर्शकबाट कुनैपनि वस्तु प्रहार भएमा खेल रद्द गरिने भएको छ ।
नेदरल्यान्ड्सको फुटबल फेडेरेसनले एक विज्ञप्ति निकाल्दै खेलमा खेलाडी र रेफ्री लक्षित आक्रमण भएमा खेल रद्द गरिने जनाएको छ ।
डच कप अन्तर्गत बुधबार भएको सेमिफाइनलमा फियेनुर्डविरुद्धको खेलमा आयाक्सका मिडफिल्डर डेभी क्लासेनको टाउकोमा लाइटर प्रहार भएको थियो । जसको कारण खेल करिब ३० मिनेट रोकिएको थियो ।
प्रहरीले आक्रमणको आरोपमा एक जनालाई पक्राउ गरेको थियो । यस्तै अन्य २२ जनालाई समेत पक्राउ गरिएको जनाएको छ ।