अवसरवादीहरुबाट जोगिन नेपाली काँग्रेसका सांसद कोइरालाकाे आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
अवसरवादीहरुबाट जोगिन नेपाली काँग्रेसका सांसद कोइरालाकाे आग्रह

काठमाडौँ - अवसरवादीहरुबाट जोगिन नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले आग्रह गरेका छन् । 

शुक्रवार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति यस्तो कटाक्ष गरेका हुन् ।

उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु सावधान हुनुपर्ने बताए । नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गर्न पनि शुभकामना व्यक्त गरेका छन् ।