कोसी प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०७ दिन अगाडि
कोसी प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं - कोसी प्रदेशको डाँगीहाटमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । 

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई र बैंकका कोशी प्रदेशका प्रमुख राजीव गजुरेलले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । 

सो क्रममा मेयर राईले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यहाँका बासिन्दाहरुलाई सहज हुने बताए ।  कार्यक्रममा बेलबारी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शालिग्राम बस्नेतले  बैंकको पहुँच बाहिर रहेको डाँगीहाट तथा आसपासमा रहेका सेवाग्राही तथा उद्योगी व्यवसायीहरूलाई बैंकिङ्ग सुविधा सहज रुपमा उपलब्ध हुने विश्वास व्यक्त गरे । 

बैंकका कोशी प्रदेश प्रमुख गजुरेलले सेवाग्राहीहरुलाई एक्सटेन्सन काउन्टर मार्फत प्रभावकारी सेवा दिइने बताए ।  हाल बैंकले २९६ शाखा कार्यलय र ५१ वटा एक्सटेन्सन काउन्टर मार्फत विशिष्टीकृत सुविधा दिँदै आएको छ ।