काठमाडौँ - काम गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलिएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने भनेको सरकारले हो । सरकार भनेको प्रधानमन्त्री हो । तर प्रधानमन्त्रीमा आत्माविश्वास नभएको, कता कता अल्मलिएको पाएको छु ।’
कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीको फुर्सद देखेर आफू छक्क परेको बताए l प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनमा जान भ्यानभ्या भइरहेको उनको भनाइ छ ।