प्रधानमन्त्री प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै सांसद सुमना श्रेष्ठद्वारा कटाक्ष

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
प्रधानमन्त्री प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै सांसद सुमना श्रेष्ठद्वारा कटाक्ष

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कटाक्ष गरेकी छन् ।

‘सम्माननीय सभामुख महोदय, नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यु’, संसद बैठकमा शुक्रबार उनले कटाक्ष गर्दै बोल्न सुरु गरिन् । उनले सांसदहरु बैठक छाडेर क्यान्टिरतिर लागेको भन्दै उनले सहकर्मीहरुलाई पनि कटाक्ष गरिन् ।

त्यसपछि उनले आफ्नो विषयवस्तु राखिन् । सो क्रममा अभिलेखीकरणको महत्व कतिपयले नबुझेको उल्लेख गर्दै त्यसबारे स्पष्ट पारिनुपर्ने बताइन् । उनले कार्यक्षेत्र स्पष्ट भएमा यसबारे काम गर्न सहज हुने भन्दै अभिलेख राख्ने प्रक्रिया पनि चुस्त दुरुस्त हुनुपर्ने धारणा राखिन् ।