सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने कांग्रेस सांसद बडूको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने कांग्रेस सांसद बडूको भनाइ

काठमाडौँ - सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले न्युनतम साझा कार्यक्रममार्फत आफ्नो गन्तव्य स्पष्ट गरिसकेको बताए । उनले अब सरकारले पनि पूर्णता पाउने बताए । उनले सरकार आफ्नो नीति र कार्यक्रमअनुसार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने बताएका छन् ।

उनले संघमा बन्ने कानूनहरु छिटोभन्दा छिटो बनाउनसके प्रदेश र स्थानीय तहमा कानून बन्ने मार्ग प्रशस्त हुने बताए । सरकारले कानून निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको उनको भनाई छ ।