२-० गोल अन्तरले फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
२-० गोल अन्तरले फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

काठमाडौं - मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ ।

च्यासल मैदानमा शुक्रबार मनाङले फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले हराएको हो । मनाङको जितमा कोफी टिमोथी कुदोले दुई गोल गरेका छन् ।

खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाएकाे छ ।