आज क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२४ दिन अगाडि
आज क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं - आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको आरोप लागेका मुद्दामाथि सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ ।