लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२४ दिन अगाडि
लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का सचिव लेखराज भट्टको घरमा पुग्नेका छन्।

आइतबार कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलबाट प्रधानमन्त्री प्रचण्ड गोदावरी नगरपालिका -१ अत्तरियास्थित भट्ट निवास पुग्नेका हुन्। प्रधानमन्त्री प्रचण्ड र भट्टबीच केहीबेर कुराकानीसमेत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई पहिलोपटक प्रचण्डले घरमै पुगेर भेटेका छन् । प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिएको छ ।