मछिन्द्र फुटबल क्लबले किशोर कुमार केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२४ दिन अगाडि
मछिन्द्र फुटबल क्लबले किशोर कुमार केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं  - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको साविक विजेता मछिन्द्र फुटबल क्लबले किशोर कुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

मछिन्द्रले सामाजिक संजालबाट आइतबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त भएपछि मछिन्द्रले केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

अघिल्लो सिजन केसीले जावलाखेलको टिम सम्हालेका थिए । मछिन्द्र जारी लिगमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।