शिखर धवनको विस्फोटक ब्याटिङका बाबजुद हार्‍यो पञ्जाब, हैदरावादको पहिलो जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९७ दिन अगाडि
शिखर धवनको विस्फोटक ब्याटिङका बाबजुद हार्‍यो पञ्जाब, हैदरावादको पहिलो जित

 काठमाडाै‍ -इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ। 

गएराती पञ्जाब किंग्सलाई ८ विकेटले  हराउँदै हैदरावादले विजयी यात्रा आरम्भ गरेको हो । यसअघिका दुई खेलमा हैदरावाद लगातार पराजित भएको थियो।  हैदरावादको घरेलु मैदान राजिव गान्धी इन्टरनेशनल स्टेडियममा पञ्जाबले दिएको १४४ रनको लक्ष्य हैदरावादले १७.१ ओभरमा २ विकेट गुमाएर भेटेको थियो।हैदरावादको सानदार जितमा राहुल त्रिपाठीले विस्फोटक ब्याटिङ गरे। त्रिपाठीले  ४८ बलमा  १० चौका र ३ छक्का प्रहार गर्दै अविजित ७४ रन बनाए । 

त्यस्तै कप्तान एडेन मारक्रमले  २१ बलमा ६ चौका प्रहार गर्दै अविजित ३७ रन बनाए। ओपनरद्वय मयंक अग्रवाल र ह्यारी ब्रुकले क्रमश २१ र १३ रन बनाए। पञ्जाबका लागि अर्शदिप सिंह र राहुल चाहरले समान एकएक विकेट लिए।  यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४३ रन बनाएको थियो ।

पञ्जाबका कप्तान शिखर धवनले अविजित ९९ रन बनाए। ६६ बल खेलेका उनले  १२ चौका र ५ छक्का प्रहार गरे। त्यसका बाबजुद पनि टोलीको हार टर्न सकेन ।  शाम  कुरानले २२ रन बनाउनुबाहे अन्य ब्याट्सम्यान सस्तोमै आउट भएपछि पञ्जाब जारी लिगमा पहिलो पटक पराजित भएको हो। बलिङतर्फ हैदरावादका मयङ्क मार्कण्डेले सर्वाधिक चार विकेट लिए । त्यस्तै मार्को जन्सेन र उम्रन मलिकले दुई–दुई विकेट लिँदा भूवनेश्वर कुमारले एक विकेट लिए । जीतसँगै पञ्जाब अंक तालिकाको छैठौं नम्बरमा झरेको छ भने हैदरावाद आफ्नो स्थिती सुधार गर्दै आठौं स्थानमा उक्लिएको छ।