काठमाडाै -कार्यव्यवस्था समितिको पहिलो बैठक सुरु भएको छ।
गत बुधबार प्रतिनिधिसभाको कार्यसूची तय गर्ने कार्यव्यवस्था परामर्श समितिमा दलीय प्रतिनिधित्व टुंगो लागेको थियो। समिति २१ सदस्यीय रहने सहमति भएको थियो। समिति कांग्रेसबाट ६ जना, एमालेबाट पाँचजना, माओवादी केन्द्रबाट दुईजना र अन्य पार्टीबाट एक–एकजना सदस्य छन्। तीबाहेक अन्य दल तथा स्वतन्त्र सांसदको तर्फबाट एकजना सदस्य छन्।