संक्रमणकालीन न्यायको विषयमा अन्तरक्रिया गर्दै माओवादी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९८ दिन अगाडि
संक्रमणकालीन न्यायको विषयमा अन्तरक्रिया गर्दै माओवादी

काठमाडौं - नेकपा माओवादी केन्द्रले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

प्रमुख सत्तारुढ दल माओवादी केन्द्रले शान्ति प्रक्रियासँग सम्बन्धित अन्य राजनीतिक दल र विभिन्न सरोकारवाला पक्षहरूसँग आज अन्तरक्रिया गर्न लागेको हो । कार्यक्रम सोमबार (आज) दिउँसो प्रज्ञा भवन कमलादीमा हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनसम्बन्धी घटनालाई लिएर सर्वोच्च अदालतले दिएको आदेश र राष्ट्रिय मानवअधिकार आयोगलगायत संस्थाहरूले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुयाउन आग्रह गरेपछि सरकारले यससम्बन्धी विधेयक संसदमा लिएको छ । यसै विषयमा छलफल गर्न आज माओवादी धाराका सबै राजनीतिक दल र अन्य सरोकारवाला पक्षसँग माओवादी केन्द्रले छलफल गर्न लागेको हो ।