आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०४ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौं  - सुनको भाउ सोमबार तोलामा ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रुपैयाँ निर्धारण भएको थियो ।