बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९८ दिन अगाडि
बालेन शाहसँग तत्काल वार्ता गर्न  प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आग्रह गरेका छन् ।

मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

थापाले संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।