मिटरब्याजबारे एमाले सांसद राईकाे सरकारसँग माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२३ दिन अगाडि
मिटरब्याजबारे एमाले सांसद राईकाे सरकारसँग माग

काठमाडाै‌ -राष्ट्रिय  सभा सदस्य डा. बिमला राई पौड्यालले मिटरब्याजपीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छिन् ।

मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारले बनाएको वार्ता टोलीले के काम गरिरहेको छ भन्नेबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ । सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले पीडितहरुको समस्या समाधानका लागि आफूहरुले पनि संसदमा कुरा उठाएको, तर त्यसको सुनुवाई हुनेमा उनले आशंका व्यक्त गरिन् ।

‘मिटरब्याज पीडितहरु काठमाडौं आउनुभयो । धर्ना बस्नु भयो । सरकारलाई दुःख पनि देखाउनु भयो । सांसदहरुसँग पनि भेटनु भयो । हामीले संसदमा कुरा पनि उठायौं । वार्ता समिति बन्यो । अव के भयो ? हामी कहाँ छौं ? त्यो समस्या समाधान भयो कि भएन ? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एक चोटी भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ,’ उनले भनिन् ।