काठमाडौं - नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयले चेतावनी दिएको छ । त्रिविबाट सम्बन्धन प्रदत्त क्याम्पसहरुलाई अत्यन्त जरुरी सूचना जारी गर्दै कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएको हो ।
त्रिविले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिएको छ। नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।
सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन्। नवीकरण भएका क्याम्पसहरूले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन्। नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ।