आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको उपेन्द्र यादवको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९७ दिन अगाडि
आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको उपेन्द्र यादवको भनाइ

बारा -  आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बारा–२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले पत्रकारसँग कुरा गर्दै उनले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गरेका छन्  ।

अध्यक्ष यादवले यहाँका किसानका लागि सिँचाइ र मल खादको समस्या रहेको बताए । यहाँ कृषिमा मात्र होइन, सडक, बाटो घाटो, खानेपानी, शिक्षा स्वास्थ्यको अवस्था पनि त्यस्तै देखिएको उनले बताए । बारामा देखिएको समस्या समाधान गर्ने गरी आफू अगाडि बढ्ने यादवले बताए । 

किसानलाई मल, खादको व्यवस्था गर्नुको साथै ग्रामीण भेगसम्म सडक पुर्‍याउने, शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने एजेण्डाका साथ आफू जनतासमक्ष गएको बताउँदै उनले सडक, शिक्षा, स्वास्थ्य, कृषिमा सुधार भयो भने यहाँको जनताको जीवनस्तरमा सुधार हुने जिकिर गरेका छन् ।