महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२४ दिन अगाडि
महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म हुने

काठमाडौं - फिफा महिला विश्वकप फुटबल -२०२३ अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त हुँदैछ ।

महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ । महिला विश्वकप सुरु हुन् अझै १०० दिन बाँकी छ । तर, टिकट बिक्री सुरु भईसकेको छ ।

अहिलेसम्ममा ६ लाख ५० हजार टिकट बिक्री भईसकेको फिफाले जनाएको छ । फिफाले महिला विश्वकपमा १.५ मिलियन टिकट बिक्री गर्ने योजना रहेको जनाएको छ ।

अष्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा उद्घाटन खेल हुनेछ । जसमा ४५ हजार ५०० दर्शक अटाउने छन् ।