काठमाडौँ - प्रहरीले न्यायाधीश भुवन गिरीलाई पक्राउ गरेको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।
वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।
गिरी कपिलवस्तु जिल्ला अदालतमा कार्यरत थिए । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् । गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने एसएसपी कार्कीले जानकारी दिएका छन् ।