कोरोना संक्रमणका कारण एकको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११५ दिन अगाडि
कोरोना संक्रमणका कारण एकको मृत्यु

 काठमाडौं - मंगलबार कोरोना संक्रमणका कारण ३ महिनापछि एक जनाको मृत्यु भएको छ ।

वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।

यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।