फेयरब्रेकमा रुबिनाको सानदार प्रदर्शन, एकै खेलमा ५ विकेट र ३२ रन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२३ दिन अगाडि
फेयरब्रेकमा रुबिनाको सानदार प्रदर्शन, एकै खेलमा ५ विकेट र ३२ रन

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री बेलबासले हङकङमा जारी फेयरब्रेक इन्भाइटेसनल टी-२० क्रिकेटमा सानदार प्रदर्शन गरेकी छन् ।

बार्मी आर्मीका लागि खेलिरहेकी रुबिनाले बुधबार बिहान भएको खेलमा साफिरेस वुमनविरुद्ध अलराउण्ड प्रदर्शन गरेकी हुन् ।  उनले ब्याटिङमा अविजित ३२ रन बनाउँदा बलिङमा पाँच विकेट लिइन् । रुबिनाको अलराउण्ड प्रदर्शनमा बार्मी आर्मीले साफिरेसलाई ६१ रनले पराजित गर्दै लिग चरणमा चौथो जित हात पारेको हो । रुबिनाले दोस्रो इनिङ्समा पाँच विकेट लिएपछि १६९ रनको लक्ष्य पछ्याएको साफिरेसलाई १५.५ ओभरमै १०७ रनमा अलआउट भयो ।