पञ्जाबको सैनिक शिविरमा गोली चल्दा ४ को मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९५ दिन अगाडि
पञ्जाबको सैनिक शिविरमा गोली चल्दा  ४ को मृत्यु

एजेन्सी - भारतको पञ्जाबस्थित भटिन्डामा रहेको आर्मी क्याम्पमा गोली चलेको खबर आएको छ । यस गोलीबारीमा हालसम्म चार जनाको मृत्यु भएको बताइएको छ ।

स्थानीय समयानुसार बिहान करिब ४ः३० बजे गोली चलेको जानकारी प्राप्त भएको छ । सम्पूर्ण क्षेत्र सिल गरिएको छ ।

तर गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।