काभ्रे - काभ्रेको पनौती नगरपालिका ११ बल्थलीमा ९० वर्षकी वृद्धा कान्छी थापाको हत्या भएको छ ।
उनको धारिलो हतियार प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहराले जानकारी दिए ।
बोहोराका अनुसार हत्या आरोपमा उनका ५२ वर्षका छोरा विश्व थापा पक्राउ परेका छन् ।
बोहराले विश्वमा मानसिक समस्या रहेको बुझिन आएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।