रास्वपाको केन्द्रीय समिति बैठक सुरू, के सांसद श्रेष्ठलाई कारबाही गर्ला त ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२३ दिन अगाडि
रास्वपाको केन्द्रीय समिति बैठक सुरू, के सांसद श्रेष्ठलाई कारबाही गर्ला त ?

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरू भएको छ। 

बुधबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक सुरू भएको हो । अाजकाे बैठकले सांसद ढाकाप्रसाद श्रेष्ठलाई कारबाही गर्ने/नगर्ने भन्नेबारे निर्णय गर्न लागेको छ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडिओ बाहिरिएको थियो। आफू स्वास्थ्य मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउनका उक्त रकम चाहिएको श्रेष्ठले अडिओमा भनेका छन्। 

बुधबार दिउँसो २ बजे बस्ने भनिएको बैठक सभापति रवि लामिछाने चितवनबाट आउन ढिला भएपछि निर्धारित समयमा बस्न नसकेको हो। चितवनबाट आइपुगेका लामिछानेले बैठकअघि सांसद श्रेष्ठसँग छलफल गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।