कोरोना भाइरस संक्रमणबाट पनि एकको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११४ दिन अगाडि
कोरोना भाइरस संक्रमणबाट पनि एकको मृत्यु

काठमाडौं - बुधबार कोरोना भाइरस संक्रमणबाट पनि एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ ।

यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।