मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न कोशी अस्पताल र प्रत्यारोपण केन्द्रबीच सम्झौता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११३ दिन अगाडि
मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न कोशी अस्पताल र प्रत्यारोपण केन्द्रबीच सम्झौता

 काठमाडाै‌ - विराटनगरमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि कोशी अस्पताल विराटनगर र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच सम्झौता भएको छ ।

मिर्गौला प्रत्यारोपण र मिर्गौलासम्बन्धी अन्य सेवा विस्तारका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पतालबीच सम्झौता भएको हो । समझदारी पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट मेसु डा.रविराज सिंहले हस्ताक्षर गरेका छन् । कोशी अस्पतालबाट मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने र प्रदेश अन्तर्गत विभिन्न अस्पतालमा डायलिसिस सेवा विस्तार गर्ने सम्झौता पत्रमा उल्लेख  छ । 

कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गर्दा चाहिने जनशक्ति र उनीहरूलाई तालिम, अध्ययनका लागि  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले व्यवस्थापन गर्नेछ । कोशीमा अस्पतालमा डायलिसिसका लागि ८ वटा शैय्या  छन् । सम्झौता पछि कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि चाहिने संरचना निर्माणको तयारी सुरु गर्ने अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए ।